जोडिनुहोस
  • होमपेज
  • मर्ज हुन चाहने क्याम्पसलाई असार मसान्तसम्म निवेदन दिन त्रिविको आग्रह

मर्ज हुन चाहने क्याम्पसलाई असार मसान्तसम्म निवेदन दिन त्रिविको आग्रह

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एक आपसमा मर्ज हुन चाहने क्याम्पसलाई असार मसान्तसम्म निवेदन पेश गर्न आग्रह गरेको छ । विश्वविद्यालयले आज एक स्चना जारी गर्दै आपसमा गाभिई समायोजन हुन चाहने क्याम्पसलाई समयसीमा तोकेर निवेदन दिन भनेको हो ।

विश्वविद्यालयको उपकुलपति कार्यालय योजना निर्देशनालयका अनुसार त्रिविबाट सम्बन्धन प्राप्त दुई वा दुईभन्दा धेरै क्याम्पस मर्ज हुन चाहेमा आफ्नो क्याम्पस सभा वा सञ्चालक समितिबाट समायोजन हुने निर्णय गरी योजना निर्देशनालयमा निवेदन दिन सक्नेछन् । उसका अनुसार यसरी मर्ज हुँदा कुनै शुल्क लाग्ने छैन, मर्जको प्रक्रिया निःशुल्क हुनेछ ।

जारी सूचना अनुसार यसरी मर्ज हुन चाहेका क्याम्पसहरूले योजना निर्देशनालयमा बेग्लाबेग्लै निवेदन, सम्बन्धन र नवीकरण पत्रहरू, अक्षयकोषको रसिद र मर्ज गर्नुपर्ने औचित्य तथा समाहित हुने क्याम्पस खारेज गर्ने समितिको निर्णयका साथ असार मसान्तसम्म निवेदन पेस गर्नु पर्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका