जोडिनुहोस
  • होमपेज
  • बक्सअफिसमा भिड्दै अक्षय र सनी

बक्सअफिसमा भिड्दै अक्षय र सनी

मुम्बई । अभिनेता अक्षय कुमारले आगामी अगष्ट ११ लाई नयाँ फिल्म ‘ओएमजी २’को रिलिज मिति सार्वजनिक गरेका छन् ।

यही मितिमा अर्का अभिनेता सनी देवलको फिल्म ‘गदर २’ पनि रिलिज हुँदैछ । दुई ठूला स्टारको फिल्म एकैदिन रिलिज हुने भएपछि बक्सअफिसमा को अब्बल रहला भन्ने चर्चा बलिउडमा सुरु भएको छ ।

अक्षयको फिल्म सन् २०१२ मा रिलिज हिट फिल्म ‘ओएमजी–ओ माइ गड’को सिक्वेल हो । अक्षयले इन्स्टाग्राम स्टोरीमा फिल्मको पोस्टर राखेका छन्, पोस्टरमा उनलाई अघोरी अवतारमा देखाइएको छ । उनले एक हातमा डमरु बोकेर हात उचालेका छन् । पोस्टर निलो रंगमा डिजाइन गरिएको छ । पोस्टर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

फिल्म ‘गदर २’ मा सनी देवल, अमिषा पटेल र उत्कर्ष शर्माको अभिनय छ । यो फिल्म सन् २००१ को हिट फिल्म ‘गदर’को सिक्वेल हो । फिल्ममा अनिल शर्माको निर्देशन छ ।

‘ओएमजी २’को निर्देशन अमित रायले गरेका हुन् । फिल्ममा यामी गौतम, आमिर नाइक, फाहिम फाजिल, पंकज त्रिपाठीलगायतको अभिनय छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका