जोडिनुहोस
  • होमपेज
  • कालोमोसो दलेको आरोपमा मोरङका नेविसंघ अध्यक्ष पक्राउ

कालोमोसो दलेको आरोपमा मोरङका नेविसंघ अध्यक्ष पक्राउ

 विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. महेश दाहालमाथि कालोमोसो दलेको आरोपमा नेपाल विद्यार्थी संघ मोरङका अध्यक्ष सरोज पोखरेल पक्राउ परेका छन् ।

उनलाई बुधबार बिहान सुनसरी र मोरङ प्रहरीको संयुक्त टोलीले मोरङको बुढीगंगाबाट पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रभु ढकालले बताए ।

पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा. डा. दाहालमाथि सोमबार नेविसंघका कार्यकर्ताले निवासमै पुगेर कालोमोसो दलेका थिए । पोखरेलले कालोमोसो दलेको घटनाको जिम्मा लिएका थिए । कालोमोसो दल्ने घटनामा संलग्न सबैको पहिचान भइसकेको र उनीहरुको खोजी भइरहेको सुनसरीका प्रहरी प्रमुख एसपी ढकालले बताए ।

विश्वविद्यालय सेवा आयोगको कार्यालयले कालोमोसो दलेको घटनामा पोखरेलसहित ३ जनाविरुद्ध इलाका प्रहरी कार्यालय इटहरीमा किटानी जाहेरी दिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका