जोडिनुहोस
  • होमपेज
  • ठगी अरोपमा इमेज सहकारीकी कोषाध्यक्ष पक्राउ

ठगी अरोपमा इमेज सहकारीकी कोषाध्यक्ष पक्राउ

बागलुङमा सञ्चालित इमेज बचत तथा ऋण सहकारी संस्थामा भएको बचतकर्ताको रकम अपचन प्रकरणमा सहकारीकी कोषाध्यक्ष पक्राउ परेकी छन् ।

सहकारी सञ्चालक समितिकी कोषाध्यक्ष बागलुङको निसीखोला गाउँपालिका(३ घर भएकी २७ वर्षीया लक्ष्मी सेन सुनारलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले बिहीवार ललितपुरको धोबीघाटबाट पक्राउ गरेको हो ।

पक्राउ परेकी उनलाई थप अनुसन्धानका लागि शुक्रवार जिल्ला प्रहरी कार्यालय बागलुङ पठाइएको सीआईबीले जनाएको छ ।

सरिता तिमल्सेना कँडेलसमेतको संयुक्त जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।

बचतर्कताको झन्डै दुई अर्ब रूपैयाँ हिनामिना गरेका सहकारीका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भने अझै फरार छन् । उनीसहित ८ जनाविरूद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

बचतकर्ताहरू आफ्नो निक्षेप रकम फिर्ता माग्दै संघर्ष समिति नै गठन गरेर आन्दोलनमा समेत उत्रिएका थिए ।

गत ७ वैशाखदेखि इमेज सहकारी संस्था बन्द छ । सुरूमा तरलता अभाव भनिए पनि त्यसपछि सहकारी खुलेको छैन । जेठ पहिलो सातादेखि सहकारीका अध्यक्ष नेपाली सम्पर्कविहीन भएका हुन् । नगर प्रमुख नेपालीले गण्डकी प्रदेशको राजधानी पोखरासँगै बागलुङ, बुर्तीबाङ, गल्कोटमा गरी एक अर्ब ५४ करोड रूपैयाँ बढी रकम बचतकर्ताबाट उठाएर हिनामिना गरेको सहकारी रजिस्ट्रारको कार्यालयले गरेको अध्ययनमा उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार अहिलेसम्म १५ सय ३६ जनाले एक अर्ब २८ करोड ८३ लाख रूपैयाँको बिगो दाबीसहित प्रहरीको उजुरी दिएका छन्  । प्रहरीले सञ्चालक नेपालीलाई नियमित खोजी गरिरहे पनि उनी कहाँ कुन अवस्थामा छन् भन्ने पत्ता लागेको छैन ।

प्रहरीले सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी, कर्मचारी लालमती रोका र सहकारीका बागलुङ शाखाका प्रबन्धक शक्ति किसानलाई यसअघि नै पक्राउ गरिसकेको छ । नेपालीको परिवारसमेत सम्पर्कविहीन छन् । सहकारीका कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनील नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र सञ्चालक सदस्यहरू चित्रबहादुर भण्डारी, रूपा विक र झगबहादुर शाहीलाई ७ वैशाखमा गृह मन्त्रालयले यात्रा अनुमतिमा समेत रोक लगाएको थियो ।

सहकारी अध्यक्ष नेपाली एमाले गण्डकी प्रदेश सदस्यसमेत हुन् । एमालेले नेपालीलाई गण्डकी प्रदेश सदस्यबाट निलम्बन गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका