जोडिनुहोस
  • होमपेज
  • प्रतिनिधिसभा बैठक : आज यी तीन मन्त्रालयको बजेट एक रुपैयाँ कायम गर्न प्रस्ताव गरिने

प्रतिनिधिसभा बैठक : आज यी तीन मन्त्रालयको बजेट एक रुपैयाँ कायम गर्न प्रस्ताव गरिने

काठमाडौँ । प्रतिनिधिसभा बैठक आज बस्दै छ । सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा बिहान ११ बजे बैठक सुरु हुनेछ ।

आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत मन्त्रालयगत छलफल हुनेछ । जसअनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको छलफल हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

सम्भावित कार्यसूची अनुसार आजको बैठकमा लीलानाथ श्रेष्ठ र प्रेम सुवालले सङ्घीय मामिलाको, योगेश भट्टराईले पर्यटन मन्त्रालयको, कृष्णगोपाल श्रेष्ठ र सुमना श्रेष्ठले स्वास्थ्य मन्त्रालय शीर्षकको रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव गर्नेछन् ।

356657

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका