जोडिनुहोस
  • होमपेज
  • राष्ट्रियसभा निर्वाचनमा काठमाडौँका मेयर बालेन सहभागी नहुने

राष्ट्रियसभा निर्वाचनमा काठमाडौँका मेयर बालेन सहभागी नहुने

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) राष्ट्रियसभा सदस्य निर्वाचनको मतदानमा सहभागी नहुने भएका छन् ।

आज बिहान ९ बजे देखि बागमती प्रदेशको राजधानी हेटौँडास्थित प्रदेश निर्वाचन कार्यलयमा मतदान जारी रहँदा काठमाडौँका मेयर बालेन भने काठमाडौँमै रहेका छन् ।

कार्यव्यस्तताका कारण मतदानका लागि हेटौँडा जान नसकेको उनको सचिवालयले जनाएको छ । बालेनका स्वकीय सचिव भूपदेव शाहले भने, मेयर साह राष्ट्रियसभा निर्वाचनमा मतदानका लागि हेटौँडा जाने र मत हाल्ने कुरा कार्यसूचीमै थिएन ।’

राष्ट्रियसभामा १९ मध्ये बागमती प्रदेशबाट चार सिटका लागि मतदान भइरहेको छ । मतदान ३ बजेसम्म चल्ने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका