जोडिनुहोस
  • होमपेज
  • एकदिवसीय विश्वकप छनोटः आज नेपाल र अमेरिकाको खेल हुँदै

एकदिवसीय विश्वकप छनोटः आज नेपाल र अमेरिकाको खेल हुँदै

काठमाडौं – आईसीसी एकदिवसीय विश्वकप छनोटमा आज नेपालले समूह चरणको दोस्रो खेल खेल्दैछ । जिम्बावेमा जारी समूह चरणको दोस्रो खेलमा नेपालले आज ९मंगलबार० अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेको हो ।

पहिलो खेल जिम्बावेसँग आठ विकेटले पराजित नेपाल पहिलो जितको खोजीमा छ । अमेरिकासँगको खेल ताकाशिंगा स्पोर्ट्स क्लबमा मंगलबार दिउँसो १२ः४५ बजे सुरु हुँदैछ ।

नेपाल जस्तै अमेरिकासमेत प्रतियोगितामा पहिलो जितको खोजीमा छ । अमेरिका पहिलो खेलमा वेस्ट इन्डिजसँग ३९ रनले पराजित भएको थियो ।

नेपाल र अमेरिकाबीच यसअघि ६ वटा एकदिवसीय प्रतिस्पर्धा भएका छन् । जसमा जसमा नेपालले तीन जित, दुई हार र एक बराबरी गरेको छ ।

पहिलो खेलमा बलर नचल्दा जिम्बावेसँग आठ विकेटले पराजित नेपाललाई छनोट चरण पार गर्न अमेरिकासँगको खेल जित्नैपर्ने दबाब छ ।

नेपाल समूह ‘ए’ मा छ । नेपालले समूहको तेस्रो खेल असार ७ गते वेस्ट इन्डिज र अन्तिम खेल असार ९ गते नेदरल्यान्ड्ससँग खेल्दैछ ।

१० टोली सहभागी खेलको समूह ‘बी’ मा श्रीलङ्का, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र यूएई छन् ।

फाइनल पुग्ने दुई टोली अक्टोबर–नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकपमा छनोट हुनेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका