जोडिनुहोस
  • होमपेज
  • कानुनमन्त्री सिंहको पार्थिव शरीर श्रद्धाञ्जलीको लागि धनगढीमा राखियाे

कानुनमन्त्री सिंहको पार्थिव शरीर श्रद्धाञ्जलीको लागि धनगढीमा राखियाे

काठमाडौं । गाडी दुर्घटनामा ज्यान गुमाएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीर धनगढी ल्याइएको छ । अहिले श्रद्धाञ्जलीका लागि पार्थिव शरीरलाई धनगढीको कर्भड हलमा राखिएको छ ।

प्रदेशसभाका मुख्यमन्त्री कमल बहादुर शाह, सभामुख भीमबहादुर भण्डारी, प्रदेश सरकारका मन्त्री, विभिन्न राजनीतिक दलका नेताहरू, प्रदेशसभा सदस्यहरू, स्थानीय तहका जनप्रतिनिधिहरूले श्रद्धाञ्जलीका दिएका छन् ।

आजै शव बझाङ लैजाने तयारी भइरहेको छ । मन्त्री नियुक्त भएको ३०औं दिनमा पहिलो पटक गृह जल्ला बझाङ जाने क्रममा सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडानजिकै दुर्घटना भएको थियो ।

दुर्घटना लगत्तै उपचारका लागि कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज पुर्‍याइएका सिंहलाई अस्पतालले मृत घोषणा गरेको थियो । उनको शव मंगलबार राति धनगढी ल्याइएको हो । प्रदेश सरकारले बुधबार प्रदेशभर शोक बिदा दिने निर्णय यसअघि नै गरिसकेको छ ।

मन्त्री सिंहसँगै दुर्घटनामा परेका पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको बझाङको स्थानीय देउरा प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका