जोडिनुहोस
  • होमपेज
  • मौसमः आज यी पाँच प्रदेशमा हल्का वर्षा, हिमाली भू–भागमा हिमपात

मौसमः आज यी पाँच प्रदेशमा हल्का वर्षा, हिमाली भू–भागमा हिमपात

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया मौसम सफा रहेको छ। देशका तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति भने कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका