जोडिनुहोस
  • होमपेज
  • राष्ट्रपतिले गरे पाटनस्थित कृष्ण मन्दिरको दर्शन

राष्ट्रपतिले गरे पाटनस्थित कृष्ण मन्दिरको दर्शन

काठमाडौं।राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्ण जन्माष्टमीका अवसरमा पाटनस्थित कृष्ण मन्दिर गई भगवान् श्रीकृष्णको पूजा एवं दर्शन गरेका छन् ।

प्रत्येक वर्ष भाद्र कृष्णाष्टमी अर्थात् आजका दिन राष्ट्राध्यक्षले पाटन कृष्ण मन्दिरमा पूजा एवं दर्शन गर्ने परम्परा रहिआएको छ । सो अवसरमा राष्ट्रपति पौडेलले मन्दिरका पुजारीबाट फूल एवं प्रसाद ग्रहण गरेका छन् ।

सोही अवसरमा राष्ट्रपति पौडेलले पाटन दरबार क्षेत्रका सांस्कृतिक सम्पदाको अभिरुचिपूर्वक अवलोकनसमेत गरेका छन् ।

विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रमा भ्रमणका लागि स्वदेशीका साथै विदेशी पर्यटकको पनि दैनिक भीड लाग्ने गर्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका