जोडिनुहोस
  • होमपेज
  • अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २३ जना पक्राउ

अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २३ जना पक्राउ

काठमाडौँ । देशका विभिन्न स्थानबाट लागुऔषधसहित २३ जना पक्राउ परेका छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागुऔषध गाँजा १ सय ९० केजी ८ ग्रामसहित १२ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बाग्मती प्रदेश-०१-०२५ च ३३८४ नम्बरको कारमा सवार ४ जना, डिएल १ जिसि ३०३५ नम्बरको ट्रकका चालक, डिएल १२ सिए ०५७८ नम्बरको स्कारपियोमा सवार ५ जना र प्र.२-०३-००७ प.४७५४ नम्बरको मोटरसाइकलमा सवार २ जना गरी जम्मा १२ जना रहेका छन् । ईलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।

यसैगरी काठमाडौंको काठमाडौं महानगरपालिका-१६ माछापोखरीस्थित सडक छेउबाट अवैध लागुऔषध गाँजा करिब २ सय ग्रामसहित सोही ठाउँ बस्ने सिन्धुपाल्चोक घर भएका १९ वर्षीय प्रदिप गिरी समेत ७ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

काठमाडौंकै तारकेश्वर नगरपालिका-१० लोकतान्त्रिक चोक डेरा गरी बस्ने रूपन्देही बुटवल उपमहानगरपालिका-११ घर भएका २५ वर्षीय सुनिल वादीलाई अवैध लागुऔषध गाँजा करिब ३ केजीसहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उनकै कोठाबाट उक्त गाँजासहित पक्राउ गरेको हो ।

यता कास्कीको पोखरा महानगरपालिका-९ कृष्णटोल बस्ने २८ वर्षीय सुरज बिकलाई अवैध लागुऔषध गाँजा करिब ५ सय ग्रामसहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

उता झापाको शिवसताक्षी नगरपालिका-९ झरना टोलबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय मिलिग्रामसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २४ वर्षीया झरना विक र कमल गाउँपालिका-३ बस्ने २४ वर्षीया सन्ध्या राई रहेका छन् । विकले आफ्नै घरमा लागुऔषध बिक्रीवितरण गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उक्त पदार्थसहित उनीहरूलाई पक्राउ गरेको हो ।

झापाकै मेचीनगर नगरपालिका-८ निन्दाखोला पुल नजिक छेउको झाडीबाट वेवारिसे अवस्थामा प्लाष्टिकको झोलामा रहेको नियन्त्रित लागुऔषध मेथामफेटामाइन जस्तो देखिने पदार्थ ८ सय ७० ग्राम सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उक्त लागुऔषध फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका