जोडिनुहोस
  • होमपेज
  • कैलालीमा डुबेर ९ वर्षीय बालकको मृत्यु

कैलालीमा डुबेर ९ वर्षीय बालकको मृत्यु

धनगढी । कैलालीमा ९ वर्षीय बालकको मृत्यु भएको छ । जिल्लाको बर्दगोरिया गाउँपालिका–३ बुटकुवाका ९ वर्षीय अमर विकको पौडी खल्ने क्रममा नदीमा डुबेर मृत्यु भएको हो ।

बुधबार घर नजिकैको काँडा नदीमा साथीहरूसँग पौडी खेल्ने क्रममा डुबी बेहोस भएका उनको बर्दगोरिया अस्पताल बौनियामा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बौनियाले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका