जोडिनुहोस
  • होमपेज
  • आईएमई लाइफ इन्स्योरेन्सको प्रिमियम मूल्यको आईपीओ भोलिदेखि खुला हुने

आईएमई लाइफ इन्स्योरेन्सको प्रिमियम मूल्यको आईपीओ भोलिदेखि खुला हुने

काठमाडौ । आईएमई लाइफ इन्स्योरेन्सले बुधबारदेखि सर्वसाधारणलाई प्रिमियम भाउमा आईपीओ खुला गर्ने भएको छ । यसले वैदेशिक रोजगारीमा रहेकालाई असार १ गतेदेखि आईपीओ बिक्री गरिसकेको छ ।

यस इन्स्योरेन्सले आफ्नो जारी पुँजी ४ अर्ब रुपैयाँको ३०५ ले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरेर २३६ रुपैयाँ ९१ पैसाका दरमा १ करोड २० लाख कित्ता आईपीओ बिक्रीमा ल्याएको हो । यसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन भइसकेको छ ।

त्यस्तै, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयर कर्मचारी र ५ प्रतिशत अथवा ६ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको ९६ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

सर्वसाधारण लगानीकर्ताले यसमा असार २४ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा साउन ४ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

केयर नेपालले आइएमई लाइफ इन्स्योरेन्सको आइपीओलाई ‘केयरएनपी त्रिपल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । यो आईपीओमा सिभिल क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका