जोडिनुहोस
  • होमपेज
  • अरिङ्गालले टोक्दा गुल्मीमा एक युवाको मृत्यु

अरिङ्गालले टोक्दा गुल्मीमा एक युवाको मृत्यु

गुल्मी । अरिङ्गालले टोक्दा गुल्मीमा एक युवाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ४ कालढुङ्गाका २१ वर्षका शैलेस सिंह ठकुरीको अरिङ्गालले टोक्दा मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले मुसिकोट नगरपालिका वडा नम्बर ३ मा रहेको देविस्थान सामुदायिक जङ्गलमा अरिङ्गाल पोल्न गएका ठकुरीलाई हिजो साँझ अरिङ्गालले टोक्दा घाइते भएको थिए।

आज बिहान उपचारको लागि सदरमुकामस्थित तम्घास अस्पतालमा ल्याइएको थियो । उनलाई अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका