जोडिनुहोस
  • होमपेज
  • मौसम पूर्वानुमानः तीन प्रदेशमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमानः तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । सामान्यदेखि पूर्ण बदली भई हाल कोशी, मधेस र लुम्बिनी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

मनसुनी वायुको प्रभावले आज पनि देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक/दुई स्थानमा मेघगर्जनरचट्याङ्सहित भारी वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीसमेत चल्ने महाशाखाको पूर्वानुमान छ ।

राति देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्सहित भारी वर्षाको सम्भावना छ।

भोलि  सामान्यदेखि पूर्ण बदली भई देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र सुदूरपश्चिम प्रदेशको एक/दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ। कोशी र मधेस प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ।

राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ भने तराई भू-भागका केही स्थानमा हावाहुरीसमेत चल्नेछ ।

शुक्रबार पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी, तथा कर्णाली प्रदेशका एक/दुई स्थानमा मेघगर्जनरचट्याङ्सहित भारी वर्षाको सम्भाना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ। देशको तराई भू-भागका केही स्थानमा भने हावाहुरी चल्नेछ।

राति कोशी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका केही स्थानमा हावाहुरी चल्न सक्ने महाशाखाले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका