जोडिनुहोस
  • होमपेज
  • क्यासिनो अन्तर्राष्ट्रिय सीमाबाट ५ किलोमिटर दुरीभित्र हुनुपर्ने

क्यासिनो अन्तर्राष्ट्रिय सीमाबाट ५ किलोमिटर दुरीभित्र हुनुपर्ने

काठमाडौं । नेपालमा अब दर्ता हुने क्यासिनोले अन्तर्राष्ट्रिय सीमाबाट ५ किलोमिटर दुरी कायम गर्नुपर्ने भएको छ प्रतिनिधिसभाबाट बुधबार पारित भएको सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० ले पर्यटन ऐन–२०३५ मा संशोधन गरेको छ ।

यो ऐनले क्यासिनो सञ्चालन इजाजतपत्र दिन सकिने मापदण्डमा अन्तर्राष्ट्रिय दुरी ५ किलोमिटर तोकिएको छ । यसअघि यो दुरी तीन किलोमिटर मात्र थियो । क्यासिनो अब चारतारे र त्यसभन्दा माथिका होटलमा मात्र चलाउन पाइने छ । साथै, क्यासिनोले तोकेको सुरक्षा मापदण्ड पूरा गरेको हुनुपर्छ । संशोधित प्रावधान अनुसार नयाँ नियम सुरू हुनुअघि तीन किलोमिटर भित्र कानुन अनुसार इजाजत पत्र लिएकाको हकमा निरन्तर चलाउन पाइने छ ।

तर, चारतारे वा त्यसभन्दा माथिका होटलमा मात्र चलाउन पाइने मापदण्ड पूरा नभएका क्यासिनोले भने यो स्तर र मापदण्ड पूरा गरी ५ किलोमिटर भित्र स्थानान्तरण गर्नुपर्ने समेत नियम बनेको छ । स्थानान्तरणका लागि तीन वर्षको समय दिइने छ । पर्यटन ऐनमा यसअघि क्यासिनो सञ्चालनसँग सम्बन्धित प्रावधान थिएन । नियमावलीबाट क्यासिनो नियमन भइरहेको थियो । यसलाई परिच्छेदका रूपमा ऐनमा थप गरिएको छ ।

यस्तै नयाँ प्रावधान अनुसार अब एउटा कम्पनीले एकभन्दा बढी क्यासिनो सञ्चालनको इजाजत पाउने छैन । यसअघि एकभन्दा बढी क्यासिनो सञ्चालन गरेको भए २०८१ सालभित्र रोजेको कुनै एकमात्र क्यासिनो चलाउन अनुमति दिइने भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका