जोडिनुहोस
  • होमपेज
  • कलंकीदेखि बसुन्धरासम्म राखेका ९ वटा बोर्ड हराएको भन्दै प्रहरीमा काठमाण्डौ महानगरको उजुरी

कलंकीदेखि बसुन्धरासम्म राखेका ९ वटा बोर्ड हराएको भन्दै प्रहरीमा काठमाण्डौ महानगरको उजुरी

काठमाण्डौ महानगरपालिकाले चक्रपथ सुधार आयोजनाअन्तर्गत कलंकी–महाराजगन्ज सडक खण्डमा राखेका बोर्ड हराएको भन्दै प्रहरीमा उजुरी दिएको छ । काठमाण्डौ महानगरअन्तर्गतको महानगर प्रहरी बलले कलंकीदेखि बसुन्धरासम्म राखेका नौ वटा बोर्डहरु हराएको भन्दै खोजी गरिदिन जिल्ला प्रहरी परिसर काठमाण्डौमा उजुरी दिएको हो ।

कलंकी–महाराजगन्ज सडकखण्ड अलपत्र पार्दा भइरहेको समस्याप्रति स्थानीयको गुनासो सम्बोधनका लागि राखिएको बोर्ड हराएको उजुरीमा उल्लेख छ । चक्रपथ सुधार आयोजनाअन्तर्गत कलंकी–महाराजगन्ज सडक निर्माण सन् २०१५ मै सक्ने सम्झौता भए पनि अहिलेसम्म नबनेको भन्दै महानगरपालिकाकाले कलंकीदेखि वसुन्धरासम्म सडकका नौ ठाउँमा व्यंग्यात्मक कुरा लेखिएका होर्डिङ बोर्ड राखेको थियो ।

त्यसप्रति आपत्ति जनाउँदै काठमाडौँ चक्रपथ सुधार योजनाले यही चैत २ गते सार्वजनिक सूचना जारी गरेर बोर्ड तीन दिनभित्र हटाउन चेतावनी दिएको थियो । त्यही बोर्ड हराएपछि प्रहरीमा दिएको उजुरी र बोर्डको फोटो समेत फेसबुकमा पोष्ट गर्दै मेयर बालेन्द्र शाहले उपत्यकावासीले पाइरहेको सास्ती चाहिँ नेदेख्ने तर त्यही एउटा बोर्ड देख्ने भनेर कटाक्ष गर्नुभएको छ ।

समय सकिएको नौ वर्षसम्म पनि काम नसक्नेले सानो बोर्ड देखेको उहाँको भनाई छ । उहाँले आफ्नो देशमा एक दिनमै अस्पताल बनाउने चीनले अलपत्र सडकलाई लिएर कुटनीतिक नोट पठाएको भन्दै आपत्ति पनि जनाउनुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका