जोडिनुहोस
  • होमपेज
  • इन्टर मियामीसँग मेस्सीको औपचारिक सम्झौता

इन्टर मियामीसँग मेस्सीको औपचारिक सम्झौता

काठमाडौं । लियोनल मेस्सीले अमेरिकी क्लब इन्टर मियामीसँग औपचारिक सम्झौता गरेका छन् । अर्जेन्टिनी फरवार्डले अमेरिकन एमएलएस क्लबसँग सन् २०२५ सम्म रहने गरि सम्झौता गरेका हुन् ।

सात पटकका बालेन डी ओर विजेता मेस्सीले सिजन सकिएसँगै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाड्ने निर्णय गरेका थिए । र नयाँ गन्तब्यको रुपमा इन्टर मियामी जाने बताएका थिए ।

‘म इन्टर मियामीबाट अमेरिकामा करियरको अर्को कदम चाल्नका लागि निकै उत्साहीत छु ।’ गत वर्ष अर्जेन्टिनालाई विश्वकप जिताएका मेस्सीले भने ।

मियामीका मालिक डभिड बेकह्यामले मेस्सी अनुबन्धनपछि सपना पुरा भएको प्रतिकृया दिएका छन् । मेस्सीले यसअघि युरोप बाहिर खेलेका थिएनन् ।

‘यो एउटा शानदार अवसर हो । र हामी संगै मिलेर एउटा राम्रो परियोजना निर्माणलाई जारी राख्नेछौं ।’ मेस्सीले थपेका छन् ।

‘हामीले स्थापित गरेका लक्ष्य प्राप्तिका लागि संगै मिलेर काम गर्नेछौं । म यहाँ आफ्नो नयाँ घर सुरु गर्नका लागि निकै उत्साहीत छु ।’ मेस्सीले भनेका छन् ।

मेस्सी जुलाई २१ मा हुने लिग कपको उद्घाटन खेलमा नयाँ क्लबको जर्सीमा देखिनेछन् । मेस्सीले पछिल्लो पटक सन् २०२१ मा विश्वको सर्वोत्कृष्ट फुटबलरको अवार्ड प्राप्त गरेका थिए । गत सिजन कतारमा अर्जेन्टिनालाई विश्वकप जिताएका उनले सो उपलब्धि दोह¥याउन सकिने बताईएको छ ।

उनले पीएसजीमा ७५ खेलमा ३२ गोल गरेका थिए । पछिल्लो सिजन लिग वानमा १६ गोल गरेका थिए भने १६ अवसर सिर्जना गरेका थिए । उनी सन् २०२१ मा फ्रान्स लागेका थिए । स्पेनिस क्लब बार्सिलोनामा २१ वर्ष बिताएका मेस्सीले फ्रान्सलाई नयाँ गन्तब्य बनाएका थिए ।

बार्सिलोनामा मेस्सीले कीर्तिमानी ६ सय ७२ गोल सहित १० लिग उपाधि, चार च्याम्पियन्स लिग र सात स्पेनिस कप जितेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका