जोडिनुहोस
  • होमपेज
  • दसैँका लागि काठमाडौं छाड्ने बढे, एकै दिन ५० हजार बाहिरिए

दसैँका लागि काठमाडौं छाड्ने बढे, एकै दिन ५० हजार बाहिरिए

काठमाडौं। नेपालीहरूको महान चाड बडादसैँ नजिकिएसँगै विभिन्न नाका हुँदै काठमाडौं उपत्यका छाड्नेको संख्या बढेको छ ।

काठमाडौंबाट बाहिरिने मुख्य नाका कलंकी, बल्खु, कोटेश्वर, बालाजुलगायतका सबै क्षेत्रमा घर फर्किनेहरूको बिहानदेखि साँझसम्म भीड बढ्न थालेको छ । हिजो साँझदेखि कलंकी, बल्खु, कोटेश्वर, बालाजुलगायतका स्थानबाट बाहिरिने यात्रुको चाप बढेको नेपाल यातायात व्यावसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार शनिबार ४० हजारले उपत्यका छाडेकामा आइतबार एकै दिन ५० हजारबढी बाहिरिएको अनुमान गरिएको छ ।

सरकारले लामो दूरीका लागि यही असोज २२ गतेदेखि चाडपर्व लक्षित अग्रिम बुकिङ खुला गरेसँगै बिहानदेखि बेलुकीसम्म नै गोङ्गबु, कलंकी, कोटेश्वर लगायत बसपार्कमा टिकट लिनेको भिड लाग्ने गरेको छ ।

हालसम्म ९७ हजारभन्दा बढीले अनलाइन वा प्रत्यक्षरूपमा घर जानका लागि टिकट लिएको महासङ्घका वरिष्ठ उपाध्यक्ष सिटौलाले बताए । उनका अनुसार ७५ हजार यात्रुले काउण्टर मै पुगेर टिकट लिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका