जोडिनुहोस
  • होमपेज
  • नेपाल-भारत व्यापार : १० खर्बको आयात, १ खर्बको निर्यात

नेपाल-भारत व्यापार : १० खर्बको आयात, १ खर्बको निर्यात

काठमाडौँ । गत आर्थिक वर्षमा नेपालले भारतसँग कूल ११ खर्ब ३३ अर्ब रुपैयाँ बराबरको व्यापार गरेको छ । यसमध्ये १० खर्ब २७ अर्ब रुपैयाँको आयात र १ खर्ब ६ अर्बको निर्यात भएको छ । यो नेपालको कूल वैदेशिक व्यापारको ६४ प्रतिशत प्रतिशत हो ।

भन्सार विभागले जारी गरेको गत आर्थिक वर्ष २०७९/८० को वार्षिक तथ्यांकअनुसार नेपालको सबैभन्दा ठुलो वैदेशिक व्यापारको साझेदार भारत हो । विगतका वर्षहरूमा जस्तै नेपालको वैदेशिक व्यापारमा भारतसँगको हिस्सा ६० प्रतिशतभन्दा बढी नै कायम हुँदै आएको छ । तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा नेपालले भारतसँग मात्रै ९ खर्ब २१ अर्ब रुपैयाँको व्यापार घाटा बेहोरेको छ ।

जबकि, गत आर्थिक वर्षमा नेपालको कूल वैदेशिक व्यापार घाटा १४ खर्ब ५४ अर्ब रुपैयाँ छ । यस्तै, नेपालको कूल वैदेशिक व्यापार १७ खर्ब ६८ अर्ब रुपैयाँको भएको छ । यसमध्ये ११ खर्ब ३३ अर्ब रुपैयाँको वैदेशिक व्यापार भारतसँग मात्रै भएको छ ।

नेपालमा विदेशबाट आयात हुने सम्पूर्ण पेट्रोलियम पदार्थ भारतबाटै आउने गर्छ । यसबाहेक, अधिकांश कृषि वस्तु समेत भारतबाट आउने गर्छ । गत आर्थिक वर्षमा नेपालले विदेशबाट ३ खर्ब ५२ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात गरेको छ । यसमध्ये, न्यून परिणामको उच्च गुणस्तरीय पेट्रोलियम पदार्थ अमेरिकाबाट आयात हुन्छ ।

र, यो पेट्रोलियम पदार्थ नेपाल आयल निगमले भारतबाट आयात हुने पेट्रोलियम पदार्थको गुणस्तर परीक्षणमा प्रयोग गर्छ । नेपाल–भारतबीचको व्यापारलाई विकेन्द्रीकरण गर्ने योजना सरकारले बनाए पनि लागू हुन सकेको छैन । हालसम्म भारतले तेस्रो मुलुकबाट आयातित वस्तु नेपाल आयात गर्न पाइँदैन (पेट्रोलियम पदार्थबाहेक) । यद्यपि, यतिबेला उद्योगी व्यवसायी यस्तो व्यवस्था समेत सरकारले गर्नुपर्ने माग राखिरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका