जोडिनुहोस
  • होमपेज
  • बढ्यो सुनको मूल्य, कति पुग्यो ?

बढ्यो सुनको मूल्य, कति पुग्यो ?

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको जानकारी दिएको छ । आजको बजारभाउ तय गर्दै महासंघले हिजोको तुलनामा ४०० रुपैयाँले बढेको जानकारी दिएको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ७ हजार ३०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ६ हजार ८०० रुपैयाँ छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ६ हजार ४०० रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको मूल्य भने लगातार तेस्रो दिन स्थिर कायम छ । महासंघले आज चाँदीको मूल्य प्रतितोला १३ सय १० रुपैयाँ रहेको जानकारी दिएको छ । हिजो बुधबार र मंगलबार समेत यही मूल्यमा चाँदीको कारोबार भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका