जोडिनुहोस
  • होमपेज
  • साफ यू १९ च्याम्पियनसिपमा भारतको विजयी सुरुवात

साफ यू १९ च्याम्पियनसिपमा भारतको विजयी सुरुवात

राजधानीमा बिहीबारबाट सुरु साफ यू १९ च्याम्पियनसिपमा भारतले विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भएको भारतले बंगलादेशलाई ३ ० को गोल अन्तरले पराजित गरेको हो । भारतको जितमा गुग्मसार गोयारी, नाओबा पंगमबम र अर्जुन सिंह ओइनामले समान एक एक गोल गरेका हुन् ।

प्रतियोगितामा नेपाल, पाकिस्तान, श्रीलंका, भारत, बंगलादेश र माल्दिभ्स सहभागी छन् । नेपाल रहेको समूह एमा पाकिस्तान र माल्दिभ्स छन् । समूह बीमा भारत, बंगलादेश र भुटान रहेका छन् । प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने छन् । प्रतियोगिता असोज १३ गतेसम्म सञ्चालन हुनेछ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका