जोडिनुहोस
  • होमपेज
  • माओवादी पदाधिकारीकाे बैठक सकियो, ४ बजे पुनः बस्ने

माओवादी पदाधिकारीकाे बैठक सकियो, ४ बजे पुनः बस्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बेलुका ४ बजे पुनः बस्ने गरी सकिएको छ । बिहान ८ बजेदेखि पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठक पुनः बस्नेगरी सकिएको हो ।

आगामी साउन १७ गतेदेखि बस्ने केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्न बैठक बसेको पार्टी कार्यालय सचिव डोरप्रसाद उपाध्यायले बताए ।

पार्टी बैठक व्यवस्थित रुपमा बस्नका लागि एजेण्डा तय गर्न पदाधिकारी बैठक बसेको उपाध्यायले बताए । ‘पार्टीका एजेण्डाहरु के के हुने हुन् ? बैठकलाई व्यवस्थित गर्न के के गर्न सकिन्छ भन्ने विषयमा समग्र रुपमा छलफल गर्न बैठक बोलाएको हो । अहिलेलाई बैठक सकियो बेलुका ४ बजे फेरी बस्ने छ’ उनले भने ।

आजको पदाधिकारी बैठक कार्यबहाक अध्यक्ष एवम् उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको हो । पार्टी पदाधिकारी बैठक सकिएलगत्तै संगठन विभागको बैठक साढे १२ बजेदेखि बस्ने भएको छ । केन्द्रीय समिति बैठकलाई लक्षित गरेर संगठन विभागको बैठक बस्न लागेको हो । संगठन विभाग प्रमुख जनार्दन शर्मा हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका