जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट स् सुदूरपश्चिम र बाग्मती विजयी

प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट स् सुदूरपश्चिम र बाग्मती विजयी

प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई हराएको छ । आज आइतवार भएको खेलमा सुदूरपश्चिमले कर्णालीलाई ८१ रनको फराकिलो अन्तरले हरायो । सुदूरपश्चिमले दिएको १ सय ५२ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७० रनमात्रै बनाउन सक्यो । कर्णालीका लागि तृसना विश्वकर्माले सर्वाधिक २८ रन बनाइन् । बलिङतर्फ सुदूरपश्चिमकी ऋतु कनौजिया र जानकी थापाले समान ३ विकेट लिइन् ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५१ रन बनायो । सुदूरपश्चिमका लागि कविता जोशीले ५० बलमा नट आउट ७८ रन बनाइन् । बलिङतर्फ कर्णालीकी अञ्जु गुरुङले २ विकेट लिइन् ।

यो जितसँगै सुदूरपश्चिम ३ खेलमा ४ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । लगातार ३ खेल हारेको कर्णाली तालिकाको पुछारमा छ । आजै मूलपानी क्रिकेट मैदानमा भएको खेलमा बाग्मती प्रदेशले गण्डकी प्रदेशलाई ४ विकेटले हरायो । गण्डकीले दिएको १ सय १३ रनको लक्ष्य बाग्मतीले १८ ओभर ४ बलमा ६ विकेट गुमाएर भेटायो । बाग्मतीका लागि यशोदा विष्टले नट आउट ३९ रन बनाइन् । बलिङतर्फ गण्डकीकी सृष्टि जैसीले २ विकेट लिइन् ।

यसअघि टस जितेर ब्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय १२ रन बनायो । गण्डकीका लागि अञ्जली विश्वकर्माले सर्वाधिक ३२ रन बनाइन् । बलिङतर्फ बाग्मतीकी कृष्मा गुरुङ, अस्मिना कर्माचार्य र मनिषा उपाध्यायले समान १ विकेट लिइन् । यो जितसँगै बाग्मती ३ खेलमा ४ अङ्कसहित तालिकाको चौथो स्थानमा छ । गण्डकी ३ खेलमा २ अङ्कसहित पाँचौँ स्थानमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका