जोडिनुहोस
  • होमपेज
  • राप्रपाको पार्टी कार्यालय सार्न दियो महानगरले २१ दिनको म्याद थप

राप्रपाको पार्टी कार्यालय सार्न दियो महानगरले २१ दिनको म्याद थप

काठमाडौं । काठमाडौँ महानगरपालिकाले तत्काल राप्रपाको धुम्बाराहीस्थित पार्टी कार्यालय नभत्काउने भएको छ । राप्रपाले काठमाडौँ जिल्ला प्रशासनसंग छलफल गरेर काठमाडौंँ महानगरपालिकालाई पाटी कार्यालय सार्न २१ दिनको म्याद थप सहितको पत्र पठाएपछि महानगरपालिकाले राप्रपाले मागको समय सिमासम्म पर्खने भएको हो ।

काठमाडौँ महानगरपालिकाका प्रहरी बल प्रमुख राजु पाण्डेले राप्रपाले २१ दिनको समय माग गरेर लिखित रुपमा पत्र दर्ता गरेसँगै सो अवधिका लागि पर्खिने निर्णय भएको बताए । उनका अनुसार अबको २१ दिनसम्म प्रतिक्षा गर्दा पनि राप्रपाले पाटी कार्यालय त्यहाँबाट नहटाए २२ औँ दिनमा भत्काइनेछ ।

यस अघि काठमाडौँ महानगरपालिकाले शुक्रबार ३ दिनको सुचना दिएपनि वेवास्ता गरेपछि काठमाडौँ महानगर प्रहरीको टोली डोजरसहित सोमबार राप्रपा पाटी कार्यालय आसपास पुगेपछि राप्रपाका नेता तथा कार्यकर्ताहरुले अवरोध जनाएपछि सोमबार साँझ यस्तो सहमति भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका