जोडिनुहोस
  • होमपेज
  • जी–२० शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति बाइडेनले रसिया—युक्रेन युद्धमा छलफल गर्ने व्हाइट हाउसद्वारा पुष्टि

जी–२० शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति बाइडेनले रसिया—युक्रेन युद्धमा छलफल गर्ने व्हाइट हाउसद्वारा पुष्टि

वाशिंगटन— अमेरिकी राष्ट्रपति जो बाइडेनले जी–२० शिखर सम्मेलनमा विश्वव्यापी आर्थिक सहयोगको विषयमा अमेरिकी प्रतिबद्धतालाई पुन दाहोराउने छन् भने रुस–युक्रेन युद्धको सामाजिक प्रभावहरू सहित विभिन्न मुद्दाहरूको विषयमा आफ्नो विचार राख्ने ह्वाइट हाउसले पुष्टि गरेको छ ।

ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन पियरेले पत्रकार सम्मेलनमा उक्त कुराको पुष्टि गरेकी हुन् ।

पियरेले अमेरिकी राष्ट्रपति बाइडेन नयाँ दिल्लीमा हुने जी–२० शिखर सम्मेलनमा भाग लिएपछि सेप्टेम्बर १० मा भियतनामको जाने राष्ट्रपतिको कार्यतालिका रहेको बताएकी छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेन सेप्टेम्बरमा नयाँ दिल्लीमा हुने जी–२० नेताहरूको शिखर सम्मेलनमा भाग लिन चार दिने भ्रमणमा भारत जानेछन् जहाँ उनले सदस्य राष्ट्रहरूसँग युक्रेन युद्ध सहित जलवायु परिवर्तन जस्ता विश्वव्यापी मुद्दाहरू समाधान गर्न संयुक्त प्रयासहरूबारे छलफल गर्नेछन्।

यसले बाइडेन र जी–२० साझेदारहरूले स्वच्छ ऊर्जा संक्रमण र बहुपक्षीय विकास बैंकहरूको क्षमता बढाउन जलवायु परिवर्तनसँग जुध्न पनि छलफल गर्नेछन्।

भारतले सेप्टेम्बर ९ र १० मा जी–२० शिखर सम्मेलन आयोजना गर्दै छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका