जोडिनुहोस
  • होमपेज
  • उत्तराखण्ड पहिरोमा बेपत्ता १७ जना अझै फेला परेनन्

उत्तराखण्ड पहिरोमा बेपत्ता १७ जना अझै फेला परेनन्

उत्तराखण्ड । रुद्रप्रयागको गौरीकुण्डमा पहिरोमा परी बेपत्ता भएका नेपाली नागिरकसहित १७ जनाको खोजीका कार्य जारी राखिएको छ ।

एनडीआरएफ, एसडीआरएफ र अन्य संगठनका जवानहरू खोजीमा लागेका छन्। जिल्ला विपद् व्यवस्थापन अधिकृत नन्दनसिंह राजवारले बिहानैदेखि उक्त क्षेत्रमा हल्का वर्षा भइरहेको बताए । जसकाकारण उद्दार र खोजी कार्यमा समस्या भइरहेको छ ।

रुद्रप्रयागमा खराब मौसमका कारण मुख्यमन्त्री पुष्कर सिंह धामीको गौरीकुण्ड भ्रमण रद्ध भएको छ । दुर्भाग्यवश रुद्रप्रयाग पहिरो जाने जिल्लाहरूमध्ये पहिलो स्थानमा छ। विगत तीन–चार दशकमा जिल्लामा भएका पहिरोमा परी हजारौंको ज्यान गएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका