जोडिनुहोस
  • होमपेज
  • राष्ट्रियसभा निर्वाचन  गठबन्धनका चार दल आन्तरिक छलफलमा

राष्ट्रियसभा निर्वाचन  गठबन्धनका चार दल आन्तरिक छलफलमा

राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार चयन, सिट विभाजन तथा प्रदेशको भाग मिलाउन सत्ता गठबन्धनमा आबद्ध चार दलका शीर्ष नेताहरू आन्तरिक छलफलमा जुटेका छन् । आइतबार नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक डाकेको छ । अहिले कांग्रेस संस्थापन र संस्थापन इतर पक्षका नेतासँग सभापति शेरबहादुर देउवाले आफ्नै निवास धुम्बाराहीमा छलफल गरिरहेका छन् । कार्यसम्पादन समितिको बैठक भने सानेपामा हुने पार्टी प्रवक्ता मीन विश्वकर्माले जानकारी दिए । उनका अनुसार आइतबार १ बजे डाकिएको बैठक ४ बजे सारिएको छ ।

यस्तै, बालुवाटारमा नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ । बैठकमा सिटको छिनोफानो तथा उम्मेदवारको टुङ्गो लाग्ने महासचिव देव गुरुङले बताए । यस्तै, जनता समाजवादी पार्टीको पनि बालकुमारीस्थित पार्टी कार्यालयमा कार्यकारिणी समितिको बैठक बसिरहेको छ । उसले आफूले पाएको १ सिटमा असन्तुष्टि जनाइरहेको छ । यता, नेकपा एकीकृत समाजवादीको पनि मुख्यालय आलोकनगरमा चलिरहेको छ । यसले ३ सिटमा दाबी गरेको छ । तर, २ सिट पाउने भएपछि असन्तुष्ट छ । यसबारेमा पनि बैठकमा छलफल भइरहेको बताइएको छ । राष्ट्रियसभा निर्वाचनको मनोनयन भोलि हुँदैछ । निर्वाचन आयोगले आज मतदाताको अन्तिम नामावली प्रकाशन गर्दैछ । १९ सिटका लागि राष्ट्रियसभा निर्वाचन माघ ११ गते हुँदैछ । १ जना सांसद सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्नेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका