जोडिनुहोस
  • होमपेज
  • माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज पनि जारी रहने छ । हिजोदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा १७ जनाले आ–आफ्नो धारणा राखिसकेका छन् ।

मङ्सिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल भइरहेको छ ।

सो बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी भइरहेको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका