जोडिनुहोस
  • होमपेज
  • बाजुरामा केन्द्रबिन्दु भएर भूकम्प

बाजुरामा केन्द्रबिन्दु भएर भूकम्प

धनगढी । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।

आज बुधबार दिउँसो १ बजेर ४५ मिनेटमा बाजुराको विछ्या आसपास केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

भूकम्पबाट कुनै क्षति भएको जानकारी अहिलेसम्म आएको छैन । यसअघि माघ १० गते बाजुरामै केन्द्रबिन्दु भएर गएको ५.९ म्याग्निच्युडको भूकम्पमा परेर एक जनाको ज्यान गएको थियो ।

त्यसपछि माघ १२ गते पनि बाजुरामा केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका