जोडिनुहोस
  • होमपेज
  • आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः सहयोग गर्छु भन्नेले नै झुक्याउने जोखिम देखिन्छ। कुनै कामको सुरुवात गर्नु अगाडि सोच विचार गर्नुपर्ने दिन छ। व्यवसायमा मन अशान्त हुनेछ। परिवारको तर्फबाट भने शान्ति मिल्नेछ।

वृषः आर्थिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। साथीभाइ सकारात्मक छन्। सञ्चित धन खर्च गरेर आफ्नो भविष्य निर्माण गर्ने दिन हो। परिवारसँगको सम्बन्ध राम्रो बन्नेछ।

मिथुनः सोचेको काम बन्नेछ। इज्जतको प्रशंसा हुने योग छ। लगानीबाट वैदेशिक क्षेत्रमा फाइदा हुनेछ। परिवारको साथ र सहयोग रहनेछ।

कर्कटः प्रतिस्पर्धामा अब्बल ठहर हुने दिन छ। गुरुबाट सहयोग मिल्नेछ। तपाईंको साथ महत्त्वपूर्ण हुन्छ। सामाजिक क्षेत्रमा भने झुटा आरोपको सामना गर्नुपर्ने हुनसक्छ।

सिंहः कर्मको फल प्राप्त गर्ने योग रहेको छ। प्रतिस्पर्धी निस्तेज हुनेछन्। यात्रामा भने सचेत हुनुपर्ने देखिन्छ। सामाजिक क्षेत्रमा सेवाको मौका मिल्नेछ।

कन्याः रमाइलो यात्राको योग छ। यो यात्राले दीर्घकालीन योजना बनाउने छ। बोलीको प्रभावले धेरै काम बन्नेछन्। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ।

तुलाः मनमा शान्ति मिल्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा मानसम्मान मिल्नसक्छ। परिवारको साथ मिल्नेछ। व्यवसायमा उन्नति हुनेछ।

वृश्चिकः तर्क गरेर जित्नुपर्ने दिन छ। प्रतिस्पर्धी पराजित हुनेछन्। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। जटिल भनिएको काम सहजै बन्नेछ।

धनुः आर्थिक क्षेत्रमा गरेको श्रम लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा भन्दा स्वदेशमै सम्भावना देखिन्छ। परिवारमा भने विवाद हुने जोखिम छ। पढाइमा ध्यान दिनु राम्रो हुन्छ।

मकरः लामो समयदेखि रोकिएको काम बन्नेछ। खानपानमा ख्याल गर्नुपर्ने दिन छ। सामाजिक क्षेत्रमा आफ्नो विरोध आफैंले सुन्नु पर्नेछ। परिवारको तर्फबाट साथ र सहयोग मिल्नेछ।

कुम्भः दिन राम्रो छ। कर्मचारी भए बढुवा हुनेछ। शब्दको जालमा फस्ने जोखिम हुनसक्छ। आफन्तले असहयोग गर्नेछन्। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ।

मीनः दिन रमाइलोमा बित्नेछ। तपाईंलाई भावनात्मक साथ र सहयोग गर्ने धेरै छन्। गुरुबाट असहयोग हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका