जोडिनुहोस
  • होमपेज
  • भारतीय राजदूतावासमा ७५ औं गणतन्त्र दिवस मनाइयो (तस्विरहरु)

भारतीय राजदूतावासमा ७५ औं गणतन्त्र दिवस मनाइयो (तस्विरहरु)

काठमाडौं– काठमाडौँस्थित भारतीय राजदूतावासमा भारतको ७५ औं गणतन्त्र दिवस मनाइएको छ ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झन्डोत्तोलन गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए। सो अवसरमा उनले नेपालमा रहेका भारतीय डायस्पोराका सदस्यहरूलाई पनि शुभकामना दिए ।

कार्यक्रममा भारतका राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रका नाममा गरेको सम्बोधन भिडियोमार्फत प्रस्तुत समेत गरिएको थियो । राष्ट्रपतिले आफ्नो सन्देशमा गत स्वतन्त्रता दिवस यता विभिन्न क्षेत्रमा भारतले हासिल गरेको उपलब्धि विशेष गरी भारतको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न जी–२० शिखर सम्मेलन र चन्द्रयान–३ मिशन बारे चर्चा गरेकी थिइन् ।

कार्यक्रममा राजदूत श्रीवास्तवले मृतक सैनिकका श्रीमती र निकटतम नातेदारलाई नेरु ५.०७ करोड नगद तथा कम्बल वितरण गरी सम्मान गरेका थिए । दूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय काठमाडौंका विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका