जोडिनुहोस
  • होमपेज
  • स्वीडेनलाई हराउँदै स्पेन पहिलो पटक फाइनलमा

स्वीडेनलाई हराउँदै स्पेन पहिलो पटक फाइनलमा

काठमाडौं । अष्ट्रेलिया र न्युजिल्याण्डमा जारी फिफा महिला विश्वकपमा स्विडेनलाई पराजित गरि स्पेन पहिलो पटक फाइनल प्रवेश गरेको छ ।

मंगलबार न्युजिल्यान्डमा भएको पहिलो सेमिफाइनलमा स्पेनले स्विडेनलाई २-१ गोलअन्तरले पराजित गरेको हो ।

सुरुआती ६ संस्करणमा सहभागीता नजनाएको स्पेन सातौं संस्करणमा समूह चरणबाट तथा गत संस्करणमा प्रि–क्वाटरफाइनलबाट बाहिरिएको थियो ।

स्पेनको जितमा साल्मा पोरेलु र ओल्गा कार्मोना ले समान १-१ गोल गरिन्। उता स्विडेनका लागी ब्लोभिस्टले १ गोल गरिन् ।

स्पेनले अब उपाधिका लागी बुधबार हुने दोस्रो सेमिफाइनलको विजेतासॅंग खेल्नेछ । दोस्रो सेमिफाइनलमा इंग्ल्यान्ड र सह-आयोजक अष्ट्रेलिया खेल्नेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका