जोडिनुहोस
  • होमपेज
  • प्रहरीले छाड्यो बालकुमारीबाट पक्राउ परेका ७३ जना

प्रहरीले छाड्यो बालकुमारीबाट पक्राउ परेका ७३ जना

ललितपुरको बालकुमारीबाट शुक्रवार पक्राउ गरिएका ७३ जनालाई छाड्ने निर्णय गरिएको छ। पुस १३ मा रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले गरेको प्रदर्शनको क्रममा पक्राउ गरिएकाहरुलाई छाड्ने निर्णय भएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ। साथै, उनीहरूमाथि मुद्धा पनि नचलाउने निर्णय भएको छ।

मुद्धा नचलाउने निर्णयपछि प्रहरीको नियन्त्रणमा रहेका ७३ जना छुटेका छन्। भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा.२ झ ५८६१ नम्बरको गाडी जलाएको र भौतिक सम्पती तोडफोड गरेको आरोपमा उनिहरु पक्राउ परेका हुन्।

प्रदर्शनमा प्रहरीको दनमबाट दुईजनाको मृत्यु भएको थियो। दैलेख घर भएका सुजत रावत र अछामका विरेन्द्र शाहको मृत्यु भएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका