जोडिनुहोस
  • होमपेज
  • युएईविरुद्ध न्यूजील्याण्ड १९ रनले विजयी

युएईविरुद्ध न्यूजील्याण्ड १९ रनले विजयी

काठमाडौँ । न्यूजील्याण्डले युएईविरुद्धको टी-२० सिरिजको पहिलो खेलमा १९ रनको जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा न्यूजील्याण्डले दिएको १५६ रनको लक्ष्य पछाएको युएईले १९.४ ओभरमा अल आउट हुदै १३६ रन मात्र बनाएपछि खेल १९ रनले हारेको थियो ।

युएईका लागि आर्यंश शर्माले सर्बाधिक ६० रन बनाए भने अन्य ब्याट्सम्यानले उनलाई साथ नदिदा हार बेहोरेको थियो । त्यस्तै अलि नासीरले १६, वृत्य अरविन्द र असिफ खानले १३-१३ रन बनाए भने अंश टन्डनले १२ रन बनाएका थिए ।

न्यूजील्याण्डका बलर टिम साउदीले सर्बाधिक ५ विकेट लिए भने मिचेल सान्टनर र जेम्स निशमले २-२ तथा कील जामिएसनले एक एइक्व्त लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको न्यूजील्याण्डले २० ओभरमा ६ विकेट गुमाउदै १५५ रन बनाएको थियो । न्यूजील्याण्डका लागि टिम सेइफेर्टले सर्बाधिक ५५ रन बनाए भने कोल म्याककोंचेले ३१, रचिन रविन्द्रले २१, जेम्स निशमले २५ र मार्क चापम्यानले १५ रन बनाएका थिए ।

त्यसैगरी युएईका बलर जुनैद सिद्धिकी र बासील हमीदले २-२ विकेट लिए भने जाहूर खाँ र मोहमद फराजुद्धीनले एक एक विकेट लिएका थिए ।

यो जितपछि ३ खेलको सिरिजमा न्यूजील्याण्ड १-० ले अगाडी भएको छ र अब सिरिजको दोस्रो खेल शनिबार हुदै छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका