जोडिनुहोस
  • होमपेज
  • झिनो अंकले बढ्यो नेप्से, घट्यो कारोबार रकम

झिनो अंकले बढ्यो नेप्से, घट्यो कारोबार रकम

काठमाडौं । लगातारको गिरावटपछि शेयर बजार सामान्य अंकले बढेको छ भने कारोबार रकम ह्वातै घटेको छ ।

साताको दोस्रो दिन नेप्से परिसूचक ५.८४ अंकले बढेर २१०६.१८ बिन्दुमा कायम भएको छ । गत सातादेखि ओरालो झरेको बजार आज सामान्य अंकले बढेको हो ।

सोमबार बजारमा ५५ लाख ३१ हजार ७३७ कित्ताको खरिदबिक्री हुदा १ अर्ब ८५ करोड ८० लाख २ हजार १७५ रुपैयाँको कारोबार भएको छ । आइतबार मात्रै २ अर्ब ५० करोड बढिको कारोबार भएको थियो भने, आज कारोबार रकम ह्वातै घटेको छ ।

सोमबार सनराईज ब्लूचीप फण्ड, बालेफी हाइड्रोपावर र एनआइसी एसीया फिलेक्सि क्याप फण्डले सर्वाधिक नाफा कमाएको छ । भने, वेस्ट नेपाल लघुवित्त वित्तीय संस्था, ग्लोबल आईएमई बैंक लिमिटेड डेबेन्चर-२०८६ र एसीयन आइड्रोपावर लिमिटेडले सर्वाधिक गुमाएका छन् ।

उपसमूहतर्फ तिनबटा समूहबाहेक बाकि १० वटैको सेयरमुल्यमा गिरावट आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका