जोडिनुहोस
  • होमपेज
  • भरतपुर अस्पतालमा ४०० शय्या निःशुल्क

भरतपुर अस्पतालमा ४०० शय्या निःशुल्क

चितवन– भरतपुर अस्पतालले अन्तरङ्ग सेवाका चार सय जनरल बेड निःशुल्क गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशन अनुसार अस्पतालले शुक्रबारदेखि शय्या निःशुल्क उपलब्ध गराएको हो ।

अस्पतालका प्रवक्ता बरिष्ठ फिजिसियन डा गोविन्द कँडेलले एक विज्ञप्ति प्रकाशित गरी अस्पतालले निःशुल्क शय्या उपलब्ध गराउन सुरु गरेको जानकारी दिए । उनले क्रिटिकल केयर (आईसीयू, सीसीयू, पिआईसीयू, एनआईसीयू), पोष्टअपरेटिभ वार्ड, क्याबिन, एचडियु, स्पाइन, कार्डियाक, न्यूरोसर्जरी र अर्थोपेडिक वार्डमा भने न्यूनतम सेवा शुल्क कायम गरिएको बताए ।

अस्पतालमा हाल ६ सय शैय्या सञ्चालनमा छन् । अस्पतालमा ओपिडि ९बहिरङ्ग० सेवाको टिकट पनि निःशुल्क छ । भरतपुर अस्पतालमा देशभरबाट उपचारका लागि बिरामी आउने गर्दछन् ।

अस्पतालमा पछिल्लो समय दैनिक एक हजार पाँच सयदेखि दुई हजार विरामी उपचारका लागि आउने गरेको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका