जोडिनुहोस
  • होमपेज
  • सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको स्थिर

सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको स्थिर

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको जनाएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै गत साताको शुक्रबारको तुलनामा आजपनि मूल्य घटेको जनाएको हो ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ४०० रुपैयाँ कायम थियो । यस्तै, उक्त मितिमा तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ८५० रुपैयाँ कायम थियो । जुन, आज आइतबार तोलामा १०० रुपैयाँले घटेर कारोबारमा आएको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख १० हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ७५० रुपैयाँ कायम भएको छ । सुनको मूल्य घटेपनि आज चाँदीको मूल्य भने स्थिर छ ।

महासंघका अनुसार आज चाँदीको कारोबार प्रतितोला १३ सय ९० रुपैयाँ छ । गत साताको शुक्रबार पनि यही मूल्यमा चाँदीको कारोबार भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका