जोडिनुहोस
  • होमपेज
  • आजको प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक मंगलबार बस्ने

आजको प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक मंगलबार बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक बस्दै नबसि स्थगित भएको छ ।

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले आजको बैठक स्थगित भएको र अर्को बैठक मंगलबार ३ बजे बस्ने सूचना प्रकाशित गरेका छन् ।

यसअघि आज अपराहन्न १ बजेका लागि बैठक तोकिएको थियो ।

सुन तस्करी प्रकरणमा अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्ष नेकपा एमालेले साउन १० गतेदेखि संसद अवरोध गर्दै आएको छ ।

संसदको अवरोध खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बोलाएको बैठक निष्कर्षमा पुग्न नसकेपछि आजको बैठक स्थगित गरिएको हो । संसदको अवरोध खुलाउन सोमबार पनि सर्बदलीय छलफल हुने बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका