जोडिनुहोस
  • होमपेज
  • खराब कर्जामा चुर्लुम्मै डुब्यो एनआइसी एसीया बैंक

खराब कर्जामा चुर्लुम्मै डुब्यो एनआइसी एसीया बैंक

नेपाल राष्ट्र बैंकले एनआइसी एसीया बैंक माथी अनुसन्धान अघि बढाएको छ । बैंकको आवसीय कर्जामा उच्च वृद्धि देखिएपछि राष्ट्र बैंकले एनआइसी एसीया बैक माथी छानबीन अघि बढाएको हो । गत असारमा एनआइसी एसीया बैंकले आवसीय कर्जामा ५४ अर्ब ९८ करोड रुपैंया लगानी गरेको रिपोर्ट देखाएको थियो ।

तर पुषमा भने एनआइसी एसीया बैंकले त्यही आवसीय कर्जामा एक खर्ब ३३ अर्ब लगानी गरेको रिपोर्ट देखाए पछि बैक माथी शंका पैदा भएको हो । अन्य कर्जामा भन्दा कम जोखिमभार राख्न सक्ने भएको आवासीय घर कर्जाको रकम बढी देखाएर एनआईसी एसिया बैंकले छारो हाल्न खोजे पनि राष्ट्र बैंक बैलैमा सजक भएको छ ।

राष्ट्र बैंकले कस्तो रकममा कति ऋण दिने भन्ने कुरा स्पष्ट पारेको छ । राष्ट्र बैंकका अनुसार ऋण रकमको एक सय ५० प्रतिशत सम्म जोखिम भार मानेर बैंकहरुले ऋणीहरुलाई कर्जा दिन सक्छन् । अहिले आवसीय घर कर्जाको जोखिम भार ६० प्रतिशत, व्यावसायिक घरजग्गाको लागि एकसय २५ प्रतिशत र ५० लाख भन्दा बढी रुपैंया माथीको सेयर कर्जामा एक सय २५ प्रतिशत मानेर बैंकहरुले ऋण दिनु पर्ने राप्रष्ट्र बैंको नियम छ । एनआइसी एसीया बैंकले यसैमा चलाखी गर्न खोजेको थियो ।

एनआइसी एसीया बैंकले आवसीय घरजग्गामा कम जोखिम हुने भएकै कारण त्यसमा बढी ऋण देखाउने गरेको भए पनि समयमै राष्ट्र बैंकले अनुसन्धान अघि बढाएको छ । यस विषयमा हामीले एनआइसी एसीया बैंकका अधिकारी अर्जुन खनियासंग बुझ्न खोज्दा उनी समपर्कमा आउन चाहेनन ।

एनआइसी एसीया बैंकको वित्तिय अवस्था पनि कमजोर बन्दै गएको छ । बाहिर देखाउन मात्रै धैरै शाखाहरु खोल्ने गरेको भए पनि सार्वजनिक भएका वित्तिय विवरणले भने बैंक कमजोर बन्दै गएको कुरालाई पुष्टि गर्छ । बैंकको वित्तिय अवस्था कमजोर बनेकै कारण गएको दुई वर्ष सम्म बैंकले सेयरधनीलाई लाभाश समेत बाडेको थिएन । अन्दाधुन्द ऋण दिँदा डुब्दै गएको बैंक ऋण असुल्न समेत न्यायधिकरणमा ऋणीविरुद्ध ८३ भन्दा बढी मुद्दा हालेको छ ।

गएको ६ महिना यता मात्रै ८३ जना ऋणीबाट कुल ९९ करोड ८४ लाख ८१ हजार रुपैयाँ बराबरको बिगो दाबीसहित बैंकले ऋण असुली गर्न मुद्दा हालेको छ । आर्थिक वर्षको पुस मसान्तसम्ममा २ अर्ब ९३ अर्ब बढी ऋण लगानी गरेको बैंकको उच्च स्रोतले जनाएको छ । तर ऋणीबाट ऋण उठाउन भने एनआइसी एसीयाले सकेको छैन । ऋणीबाट ऋण उठाउन नसकेकै कारण बैंकm ऋणीहरुको धितो लिलामी गर्न न्यायाधिकरणको सरणमा जाने गरेको छ । एनआइसी एसीया बैंकसंग अहिले ३ अर्ब ४७ करोड भन्दा बढीको धितो छ । तर पटकपटक लिलामिमा जाँदा पनि लिलामि गर्न सकेको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका