जोडिनुहोस
  • होमपेज
  • रवि लामिछाने र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

रवि लामिछाने र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

नेपालका लागि अमेरिकी राजदूत डिन आर। थम्पसनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन्।

सभापति लामिछानेलाई भेट्न अमेरिकी राजदूत थम्पसनसहित एउटा टोली बनस्थलीस्थित रास्वपा मुख्यालय गएको रास्वपा नेताहरूले जनाएका छन्।

लामिछाने र राजदूतबीच नेपालको आर्थिक विकास र सुशासनका विषयमा छलफल भएको सो पार्टीले जनाएको छ।

सोही क्रममा राजदूत थम्पसनले नेपालीले दिनहुँ भोगिरहेका भिसासम्बन्धी समस्याबारे आफू जानकार रहेको र त्यसको समाधान उच्च प्राथमिकतामा रहेको बताएका छन्।

भेटका क्रममा नेपाली नागरिकले दिनहुँ भोगिरहेका भिसासम्बन्धी समस्या समाधान गर्ने विषयमा संवाद गरिएको बर्ता प्रचार गरेपनि उनीहरूबीच मिलिनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी०को परियोजना सम्झौता नेपालमा कार्यान्वयनतर्फ कसरी लैजाने भन्नेबारेमा गरिएको पार्टी महामन्त्रीनिकट स्रोतले जनाएको छ।

भेटमा सांसदसमेत रहेका पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, केन्द्रीय सदस्य प्रतिभा रावललगायतको उपस्थिति रहेको रास्वपाले जनाएको छ। त्यस्तै, राजदूत डिन आर। थम्पसनले मंगलबार बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका