जोडिनुहोस
  • होमपेज
  • बजेट शून्यताको अवस्थामा जाँदै कोशी प्रदेश

बजेट शून्यताको अवस्थामा जाँदै कोशी प्रदेश

काठमाडौं । भदौ ११ गतेदेखि कोशी प्रदेशमा बजेट शून्यता हुने भएको छ ।

जेठ ३२ गते अध्यादेश मार्फत ल्याएको बजेटको प्रतिस्थापन विधेयक भदौ १० गते भित्र पारित गरी प्रमाणीकरण गरिसक्नु पर्ने हुन्छ । तर, अध्यादेशबाट ल्याएको बजेटको प्रतिस्थापन विधेयक पारित नगरी बुधवार राति १२ बजेदेखि प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य भएकाले बजेट शून्यताको स्थिति आउने भएको हो ।

सरकारले जेठ ३२ गते अध्यादेशबाट ल्याएको बजेट फिर्ता गरेर अध्यादेश बाटै नयाँ बजेट ल्याउने तयारी गरेको थियो । बजेटको प्रक्रिया नसकिएकाले बिहीबार सरकारले बजेट ल्याउन सकेको थिएन । बिहीबारै सर्वोच्च अदालतले प्रदेश सरकारलाई असंवैधानिक ठहर गरेर दीर्घकालीन असर पर्ने निर्णय नगर्न परमादेश जारी गरेकोले प्रदेशमा बजेट शून्यताको अवस्था आउने भएको हो ।

सरकारले अदालतको आदेश पालन गर्ने कोशी प्रदेशका प्रवक्ता तथा खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री प्रदीप कुमार सुनुवारले जानकारी दिए । विज्ञहरूसँग छलफल गर्ने र विज्ञले बजेटले दीर्घकालीन असर नगर्ने सुझाव दिएको अवस्थामा प्रदेशमा बजेट शून्यताको स्थिति आउन नदिन अध्यादेशबाट बजेट ल्याउन सक्ने पनि प्रवक्ता सुनुवारले सङ्केत गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका