जोडिनुहोस
  • होमपेज
  • चन्द्रयान–३ अवतरण भएको चन्द्रमाको स्थानको नाम ‘शिवशक्ति पोइन्ट’

चन्द्रयान–३ अवतरण भएको चन्द्रमाको स्थानको नाम ‘शिवशक्ति पोइन्ट’

बैंगलोर। प्रधानमन्त्री नरेन्द्र मोदीले इसरोका वैज्ञानिकहरूलाई भेटेर चन्द्रयान–३ मिशनको सफलताको लागि बधाई दिएका छन् ।

सो क्रममा वैज्ञानिकहरूलाई सम्बोधन गर्दै मोदीले धेरै ठूला घोषणाहरू गरेका छन् । जसमध्ये चन्द्रयान–३ मिशनको ल्यान्डर विक्रमले छोएको ठाउँलाई अबदेखि ‘शिव शक्ति पोइन्ट’ भनेर चिनिनेछ। यसका साथै मोदीले ‘‘तिरंगा प्वाइन्ट’ र ‘राष्ट्रिय अन्तरिक्ष दिवस’ मनाउने घोषणा पनि गरेका छन् ।

यस नामकरणको कारण स्पष्ट गर्दै प्रधानमन्त्री मोदीले अन्तरिक्ष अभियानको ‘टच डाउन पोइन्ट’लाई नाम दिने चलन रहेको बताए । भारतले चन्द्रमाको जुन भागमा हाम्रो चन्द्रयान अवतरण गरेको छ, त्यसको नाम पनि राख्ने निर्णय गरेको छ ।

चन्द्रयान–३ को ल्यान्डर जुन ठाउँमा अवतरण भयो, अब त्यो बिन्दुलाई ‘शिव–शक्ति’ भनिनेछ । शिवमा मानवताको कल्याणको संकल्प छ र शक्तिले हामीलाई ती संकल्पहरू पूरा गर्ने क्षमता दिन्छ। चन्द्रमाको शिव शक्ति बिन्दुले कन्या कुमारीसँग हिमालय जोडिएको आभास दिन्छ।

चन्द्रयान–३ को सफलतामा प्रधानमन्त्री मोदीले चन्द्रयान–२ को प्रयासलाई पनि स्मरण गरेका छन । उनले चन्द्रयान–२ ले चन्द्रमामा पाइलाको छाप छोडेको बिन्दुलाई अब ‘तिरंगा’ भनिने घोषणा गरे । ‘यो तिरंगा बिन्दु भारतको हरेक प्रयासको प्रेरणा बन्नेछ। यो बिन्दुले हामीलाई सिकाउनेछ कि कुनै पनि असफलता अन्तिम हुँदैन,’ उनले भने ।

मोदीले अगस्ट २३ मा भारतले चन्द्रमामा तिरंगा फहराए पछि त्यस दिनलाई अब राष्ट्रिय अन्तरिक्ष दिवसका रूपमा मनाइनेसमेत बताए ।

प्रधानमन्त्री मोदीले भारत पक्कै पनि अन्तरिक्ष र प्रविधिको क्षेत्रमा विश्व नेताको रूपमा उभिने बताएका छन्। अनुसन्धानको यो शक्तिले भारतलाई नयाँ उचाइमा पुर्‍याउने छ र २०४७ मा भारतलाई विकसित देश बनाउने छ।

भारतका धर्म ग्रन्थहरूमा पाइने खगोलीय सूत्रहरूलाई वैज्ञानिक रूपमा प्रमाणित गर्न नयाँ पुस्ताहरू तिनीहरूलाई नयाँ अध्ययन गर्न अगाडि आएमा यो हाम्रो सम्पदा र विज्ञानको लागि महत्त्वपूर्ण छ, उनले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका