जोडिनुहोस
  • होमपेज
  • केन्यामा बाढीका कारण ४६ जनाको मृत्यु

अन्तर्राष्ट्रिय

केन्यामा बाढीका कारण ४६ जनाको मृत्यु

  • Sagarmatha TV
  • शुक्रबार, मंसिर १, २०८०
केन्यामा बाढीका कारण ४६ जनाको मृत्यु

केन्यामा बाढीका कारण ४६ जनाको मृत्यु भएको छ। केन्यामा अल निनो वर्षाका कारण कम्तीमा ४६ जनाको मृत्यु भएको छ भने हजारौँ विस्थापित भएका छन्। आन्तकि क्याबिनेट सचिव किथुरे किन्डिकीले अधिकांशको मृत्यु बाढीका कारण भएको बताए ।

सबैभन्दा बढी प्रभावित क्षेत्रहरू उत्तरी केन्याको वाजिर, गारिसा र मन्डेराका साथै पूर्वीमा माकुएनी, कितुई पश्चिमी केन्याको होमा खाडी किसुमु रहेका छन्।

केन्या सरकारले गारिसा, कितुई ताना नदी नामक तीन काउन्टीहरूमा नयाँ अलर्ट जारी गरेको छ। ताना र आठ नदी विकास प्राधिकरण ९टार्डा०ले लगातारको अविरल वर्षाका काण दुईवटा जलाशयमा पानीको बहाव पाँच मिटरभन्दा माथि पुगेको र कुनै पनि बेला थप बाढी आउन सक्ने चेतावनी दिएको छ। केन्याको मौसम विभागले जनवरीसम्म वर्षा हुने आँकलन गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका