जोडिनुहोस
  • होमपेज
  • सांसदहरु काठमाडौंमुखी भए गाउँ पस्दा जनताले राँको लिएर लखेट्छन्ः उपसभामुख राना

सांसदहरु काठमाडौंमुखी भए गाउँ पस्दा जनताले राँको लिएर लखेट्छन्ः उपसभामुख राना

उपसभामुख इन्दिरा रानाले उपसभामुख पदलाई हेप्ने गरेको बताउनुभएको छ ।
आज संसद भवन नयाँ बानेश्वरमा आयोजित प्रतिनिधि सभाका सदस्यहरुका लागि दुई दिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उपसभामुखलाई उप÷चुप जस्ता वाक्यांशहरु प्रयोग गरेर हेप्ने गरेको बताउनु भयो ।

आफू उपसभामुख भइसकेपछिका केही जिल्ला भ्रमण गरेपछिको अनुभवबाट पनि यस्तो कुराको जानकारी पाएको बताउनु भयो । उहाँले उपसभामुख अब चुप नभइ (उपर) अर्थात् झनै माथि जाने भएको बताउनु भयो ।

उहाँले संसदमा महिला सांसदहरुले जनताका समस्यालाई गुञ्जायमान गर्नुपर्ने बताउनु भयो । उहाँले सांसदहरु काठमाडौं केन्द्रित हुनु नहुने भन्दै काठमाडौं केन्द्रित हुँदा जनताले गाउँ जाँदा राँको लिएर लखेठ्ने बताउनु भयो ।

उपसभामुख रानाले सांसदहरुले स्थलगत अवलोकन गरी त्यहाँका समस्याहरु संसदमा उठाउनुपर्ने बताउनु भयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका