जोडिनुहोस
  • होमपेज
  • हेलिकप्टर दुर्घटना अमेरिकामा दुई जनाको मृत्यु

हेलिकप्टर दुर्घटना अमेरिकामा दुई जनाको मृत्यु

फ्लोरिडा । अमेरिकी राज्य फ्लोरिडामा एक हवाई दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ ।

सोमबार उडेको एक मेडिकल उद्धार हेलिकप्टरमा आगो लागे पछि फोर्ट लाउडरडेल नजिकैको अपार्टमेन्ट कम्प्लेक्समा दुर्घटनाग्रस्त भएको थियो।

दुर्घटनामा हेलिकप्टरमा सवार प्यारामेडिक क्याप्टेनसहित दुई जनाको मृत्यु भएको छ । विमानमा सवार अन्य दुई जना र अपार्टमेन्ट कम्प्लेक्समा रहेका अन्य दुई जना घाइते भएका छन् ।

हेलिकप्टर भुइँमा खस्दा ब्रोवार्ड काउन्टी फायर रेस्क्यु क्याप्टेन टेरिसन ज्याक्सन (४९) र एक महिलाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

सोमबार बिहान करिब ८ः४५ बजे पोम्पानो बिच एयरपार्कबाट उडेको हेलिकप्टर कम्प्लेक्सको छानामा ठोक्किएको उनले बताए । घाइते चारै जनालाई अस्पतालमा भर्ना गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका