जोडिनुहोस
  • होमपेज
  • नेपाल इकोनोमिक्स ओलम्पियाडको समापन समारोह सम्पन्न

नेपाल इकोनोमिक्स ओलम्पियाडको समापन समारोह सम्पन्न

काठमाडौं – पाँचौ नेपाल इकोनोमिक्स ओलम्पियाड समारोह तथा पुरस्कार वितरण सम्पन्न भएको छ । काठमाडौंको भृकुटी मण्डपमा रहेको नेपाल पर्यटन बोर्डको हलमा नेपाल समारोह सम्पन्न भएको हो । कार्यक्रम ओलम्पियाडमा भाग लिएका विभिन्न सहभागीहरुको भिडियो परिचयबाट शुरु भएको थियो । सभापति अर्जुन सापकोटाले स्वागत मन्तव्य दिदैँ उत्कृष्ट ५ जनाले नेपालबाट अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा प्रतिनिधित्व गर्ने बताएका थिए ।

नेपाल इकोनोमिक्स ओलम्पियाड २०१९ मा शुरु भएको थियो । नेपालमा इकोनोमिक्स, बिजनेस र फाइनान्स साक्षरता प्रवद्र्धन गर्न शुरु भएको अभियानलाई निरन्तरता दिएको सभापति सापकोटाले बताएका थिए ।

कार्यक्रममा अन्तर्राष्ट्रिय बीजनेस ओलम्पियाड २०२३ का सहभागीहरुलाई नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले पदक तथा प्रंससा पत्र वितरण गरेका थिए । पदक तथा प्रसंसा पत्र पाउनेहरुमा गोल्डतर्फ समृद्धिका दाहाल थिइन् भने सिल्भरतर्फ युक्ता लेखक, चैतन्य राज शाह, मनिष ओझा, आदेश विष्ट, अनुराग यादव, विनायक गौतम थिए भने काँस्यतर्फ सम्प्रदा अधिकारी, डेलिला दुरा रहेका थिए ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले पुरस्कार वितरण समारोहमा आफूलाई आमन्त्रण गरेकोमा आयोजकलाई धन्यवाद दिएका थिए । उनले आफूले अहिलेको तेश्रो संस्करणमा भाग लिएको र यो भन्दा अगाडिको संस्करणमा पनि भाग लिएको उल्लेख गरे । उक्त कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न सभापति सापकोटाको भुमिका महत्वपूर्ण रहेको प्रवक्ता भट्टले बताएका थिए ।

नेपाल इकोनोमिक ओलम्पियाडको बोर्ड अफ ट्रस्टीका अध्यक्ष डा.विश्वनाथ पौडेलले प्रतियोगिमा जित हार भन्ने कुरा साधारण रहेको र ओलम्पियाडको मुख्य उद्देश्य सबै समुदायबाट भाग लिन प्रोत्साहित गर्नु रहेको प्रष्टाएका थिए । पछिल्लो ५ वर्षमा नेपालमा व्यापक परिवर्तन भएको भन्दै डा. पौडेल नेपालमा धेरै जसो आयोजनाहरु अलपत्र हुनु, सोचेजस्तो राजस्व नउठ्नु र युवाहरु पलायन हुनु मुख्य चुनौती रहेको बताएका थिए ।

नेपाल इकोनोमिक्स ओलम्पियाड २०२४ तर्फ काँस्य पदक १५ जनाले पाएका थिए भने सिल्भर १० तथा गोल्ड ५ जनाले पाएका थिए । गोल्ड मेडल पाउनेहरुमा दीक्षा खिजु, सन्दीप आचार्य, प्रज्ञान शर्मा, प्रभात शाक्य र प्रसिद्धा अधिकारी रहेका थिए भने मेडल विश्वनाथ पौडेलले प्रदान गर्नुभएको थियो । त्यसैगरी नेपाल इकोनोमिक्स ओलम्पियाडमा सहयोग पु–याउने तथा विभिन्न तरिकाले ऐक्यबद्धता जनाउने व्यक्ति, विभिन्न संघ संस्था तथा बैंकलाई मायाको चिनो प्रदान गरिएको थियो ।

अन्त्यमा उपस्थिति सबैलाई तीन दिनसम्म सक्रियताका साथ भाग लिएकोमा भूपेन्द्र खत्रीले धन्यवाद दिएका थिए । यस्तै सबै मेन्टर, अतिथि पाहुना र सहभागिहरुको सामूहिक फोटो सेसन गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका