जोडिनुहोस
  • होमपेज
  • डिडिसीको कर्तुतः किसानले पाएनन् करोडौंको भुक्तानी, ‘ब्रान्च म्यानेजर’को धम्की

डिडिसीको कर्तुतः किसानले पाएनन् करोडौंको भुक्तानी, ‘ब्रान्च म्यानेजर’को धम्की

डिडिसी भन्ने बित्तिकै धेरैलाई दुध, दहि, घ्यु लगायतका दुग्ध उत्पादन गर्ने संस्था हो भन्ने थाहा छ । हुन पनि दुधको व्यवस्थापन गर्ने एक मात्र सरकारी निकाय नै हो दुग्ध विकास संस्थान अर्थात डिडिसी । तर अहिले यहि डिडिसीका भटाभट चरम लापरबाहीहरु सार्वजनिक भइरहँदा खराब नेतृत्वले कसरी संस्था डुब्न सक्छ र कसरी बदनाम बन्छ भन्ने छर्लङ्ग पारेको छ ।

व्यवसायमा राज्यले सहजिकरण नगर्दा घाटा भएपछि व्यापारीले आत्मदाह गर्ने र आफ्नो परिश्रम अनुसारको मूल्य नपाउँदा किसानले सडकमा तरकारी र दुग्धजन्य वस्तु फालेर विरोध गर्ने क्रम व्याप्त छ । जसमध्ये शरिरमा पेट्रोल छर्केर आत्मदाह गर्ने घटना पछिल्लो समय चर्चामा छ । यसरी आत्मदाह गर्नेहरु उद्यमी र किशानलाई निरुत्साहित गर्न उनीहरुको व्यवसाय र पेशको संरक्षण गर्नु र कसैले कोसिस गरे सम्झाईबुझाई गर्नु राज्यको दायित्व हो ।

तर, दुधको व्यवस्थापन गर्ने देशको एकमात्रै सरकारी संस्था डिडिसीले किसानलाई आत्मदाह गर्न भन्दै उल्टै धम्क्याएकोे छ । डिडिसीको बालाजु शाखाका म्यानेजर गणेशप्रसाद यादवले दुधको पैसा नदिए आत्मदाह गर्छु भन्ने किसानलाई उल्टै मर्न पेट्रोल दिने भन्दै धम्क्याएका छन् ।

यो दृश्य डिडिसीको बालाजु शाखामा कृषक र म्यानेजर बिच भएको विवादको हो । जुन विवादका क्रममा म्यानेजर यादवले आत्मदाह गर्ने हो भने पेट्रोल ल्याईदिने भन्दै कृषक धम्क्याए। सरकारी संस्थाको कुर्सीमा बसेर कृषकलाई यसरी धम्क्याउने यि म्यानेजरले कृषकको करिब ९ लाख बराबरको दुध अखाद्य भएको भन्दै फालिदिएपछि विवाद सिर्जना भएको थियो । २२ वर्षदेखी नियमित दुध दिईरहेका किसानको ९ करोड रुपैयाँ दिन नसकेपछि उनले दुध फालिदिएको त्यहाँका कर्मचारीहरुले नै बताएका छन् ।

डिडिसी बालाजु शाखाको म्यानेजरको यो हर्कत पद र मर्यादाको विपरित छ । कृषकलाई पैसा दिन नसकेर दुध पोखिदिने र अखाद्य भएको भन्दै फर्काउने निच काममा म्यानेजर यादव उत्रिएका थिए । यसरी म्यानेजर यादवको हर्कत र कृषकहरु प्रति तुच्छ व्यवहार गर्नुको एउटै कारण चाँहि डिडिसी प्रमुख सञ्जिबकुमार झा हुन् । डिडिसीको महाप्रबन्धक भएर बसेका सञ्जिबकुमार झाले मनपेट दिएकै कारण बालाजु म्यानेजर यादवले कृषकलाई धम्काएका हुन् ।

डिडिसीलाई लुटेर खोक्रो बनाउनतर्फ लागेका महाप्रबन्धक झाले आफ्नो आसेपासेका मान्छे राखेर कृषकहरुलाई दुख दिएको यस अघि नै उजागर गरिसकेका छौं । सञ्जिबको हर्कत त कतिसम्म थियो भने, कानुनले भारतबाट नेपालमा खुला दुध ल्याउन नपाइने भने पनि उनले सिममा संकलन केन्द्र राखेर भारतीय दुध नेपालमा ओसार्थे ।

अझ विडम्बना भारतीय किसानको पैसा तिर्न उनको हात कहिल्यै खाली भएन । तर स्वदेशी कृषकको पैसा चाँहि महाप्रबन्धक झाले पनि नदिएको आरोप छ । तर झा भने म्यानेजरलाई परिचालित गरेर कृषक ठगेको भन्ने प्रश्नमा यस्तो जवाफ दिन्छन् ।

महाप्रबन्धक सञ्जिबकुमार झाले चिस्यान केन्द्रका कर्मचारीहरुलाई समेत परिचालित गरेर दुग्ध विकास संस्थानलाई ठगेको प्रमाण सगरमाथा टेलिभिजनले फेला पारेको छ । जुन केही समयक्रम संगै पर्दाफास हुनेछ। नेतृत्वमा सञ्जिबकुमार झा आएपछि डिडिसीको अधोगती शुरु भएको छ। कुनैबेला नेपालको दुग्धजन्य पदार्थको व्यापारमा ७० प्रतिशत भाग ओगटेको डिडिसी सञ्जिबको नेतत्वपछि ३० प्रतिशतमा खुम्चिएको छ ।

तरपनि सञ्जिब र उनको मनपेट पाएर मनपरी गर्ने कर्मचारीलाई राज्यले कारबाही गर्न नसक्दा मजदुर र कृषकहरु मारमा परेका छन् । यतातर्फ राज्यको ध्यान कहिले जाला ? यो हाम्रो चासो सहितको खबरदारी पनि हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका