जोडिनुहोस
  • होमपेज
  • अडानी समूहले कुल लगानीको ७० प्रतिशत हरित ऊर्जामा लगानी गर्ने

अडानी समूहले कुल लगानीको ७० प्रतिशत हरित ऊर्जामा लगानी गर्ने

भारतको अडानी समूहले आफ्नो कुल लगानीको ७० प्रतिशतभन्दा धेरै हरित ऊर्जामा लगानी गर्ने घोषणा गरेको छ । समूहले आफ्नो लगानीको ७० प्रतिशत नवीकरणीय ऊर्जा, हरित हाइड्रोजन, हरित निकासी प्रसारण लाइनलगायतमा हुने बताएको समाचार संस्था एएनआईले जनाएको छ । अडानी समूहले गुजरातको खावडामा विश्वको सबैभन्दा ठूलो नवीकरणीय पार्क बनाइरहेको छ ।

अडानी समूहले आउँदो वर्ष ११ वटा कम्पनीमार्फत १४ अर्ब अमेरिकी डलर लगानी गर्ने योजना बनाएको  उल्लेख छ । समूहको लगानीले भारतको ऊर्जा र यातायात क्षेत्रको अवस्था परिवर्तन गर्न महत्त्वपूर्ण हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका