जोडिनुहोस
  • होमपेज
  • सत्तागठबन्धनका तर्फबाट सरकारलाई उपेन्द्र यादवका ५३ बुँदे सुझाव

सत्तागठबन्धनका तर्फबाट सरकारलाई उपेन्द्र यादवका ५३ बुँदे सुझाव

सत्तागठबन्धन दल जनता समाजवादी पार्टी ९जसपा० अध्यक्ष उपेन्द्र यादवले सरकारलाई ५३ बुँदे सुझाव पेश गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहितको चार दलिय सत्ता गठबन्धनको बैठकले सरकारका तर्फबाट गर्नुपर्ने सुधारका कार्यसम्बन्धी सुझावहरु तयार गर्न जसपा नेपालका अध्यक्ष यादवलाई जिम्मेबारी दिएको थियो ।

यादवले बुधबार ५३ वटा बुँदा सरकारले गर्नुपर्ने कामहरू सुझाव पेश गरेका हुन् ।

यादवले संघीयता कार्यान्वयन सम्बन्धमा आठवटा, संविधान संशोधनसम्बन्धमा एउटा, सामाजिक न्यायको हकसम्बन्धमा चारवटा, निर्वाचन क्षेत्र निर्धारणसम्बन्धमा एउटा, शिक्षासम्बन्धमा सातवटा, स्वास्थ्यसम्बन्धमा तीनवटा, कृषिसम्बन्धमा सातवटा र उद्योगसम्बन्धमा २१ वटा बुँदा समेटिएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका